ढाकाकुमारमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही नगर्न /नगराउन अल्पकालीन अन्तरिम आदेश दिएकाे हो ।
यस मुद्दामा दुवै पक्षको बहस पैरवीपछि मात्र अन्तरिम आदेशको बारेमा फैसला गर्ने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग ढाकाकुमारले दुई करोड रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनलाई रास्वपाले पदमुक्त गरेको थियो ।
श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया