मेस्सी र उनको अर्जेन्टिनी टिमलाई प्रतिष्ठित अवार्ड
काठमाडौं । यस वर्षको लौरियस अवार्ड लियोनल मेस्सी र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले प्राप्त गरेका छन् ।
वर्षभरिका उत्कृष्ट खेलाडी र टिमलाई प्रदान गरिने यो प्रतिष्ठित अवार्ड मेस्सी र अर्जेन्टिनी फुटबल टिमलाई प्रदान गरिएको हो ।
कतारमा केही महिनाअघि सम्पन्न विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको थियो । जसमा मेस्सीले निकै राम्रो प्रदर्शन गरेका थिए । देशका लागि ७ गोल गरेका मेस्सीले गोल्डेन बलसमेत जिते ।
यसैगरी, स्पोर्ट्स वुमन अफ द इयरको अवार्ड पनि वितरण गरिएको छ । यो अवार्ड जमैकाकी स्प्रिन्टर शेली एन फ्रेजर प्रिसले प्राप्त गरिन् ।
प्रिस गत जुलाईमा ओरिगनमा सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडको स्वर्ण पदक विजेता हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया