NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘भुटानी शरणार्थी प्रकरणमा ओली पनि दोषी छन्, प्रधानमन्त्री घेरावन्दीमा परिसके’

क्कली भुटानी शरणार्थी प्रकरणको लहरो तान्दा अहिले राजनीतिक उच्च तहमा पहरो थर्किएको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा सहभागी भएका गिरोह भटाभट पक्राउ पर्न थालेपछि पूर्वगृहमन्त्री, मन्त्री, बहालवाला सचिव, सुरक्षा सल्लाहकार, उच्च नेतृत्वको संलग्नता खुल्दै गएको छ । 

उच्च तहका राजनीतिज्ञ र प्रशासकको गिरोहसँग उठबसले विश्वसामु नेपालको छवि धमिलिएको छ । गृहप्रशासन नै यो प्रकरणका मुछिँदा सबैलाई स्तब्ध बनाएको छ ।

विचौलियाको स्वार्थ अनुकुल काम गर्न नेताका छोरा, श्रीमतीको सक्रिय सहभागिता झनै रहस्यमय देखिन्छ । यो प्रकरणमा उच्च तहका नेतासमेत पर्ने देखिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ओली र देउवा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपनि उनी चौतर्फी घेरावन्दीमा परेको राजनीति विश्लेषकको बुझाई छ । यस्तो अवस्थामा उच्च राजनीतिक तहका दोषीउपर प्रधानमन्त्रीले कारवाही गर्न सक्लान् ? यो प्रकरणमा ओलीको सक्रियताको भित्रि रहस्य के हुन सक्छ ? यसै विषयमा नेपालवाचका सहकर्मी गणेश पाण्डेले वामपन्थी नेता राधाकृष्ण मैनालीसँग कुराकानी गरेका छन्  :

नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली पनि दोषी देखिन्छन् । यसको प्रमाण उनकै अभिव्यक्तिले पुष्टी गर्छ । भुटानी शरणार्थी समस्या हल गर भनेर आफूले निर्देशन दिएको हो, अन्य विषय थाह छैन भनेका छन् । उनी दोषी नभएको भए अहिले किन दौडिएका छन् ? टोपबहादुर मुछिएपछि पार्टीले निलम्बन गर्नुपर्ने होइन ?

नक्कली भुटानी शरणार्थी प्रकरणलाई तपाईंले कसरी हेर्नुभएको छ ? 

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राजनीति नै घिन लाग्दो बनायो । सत्तामा बस्नेले यति घिन लाग्दो काम कि योभन्दा लज्जास्पद कुरा अरु के हुन्छ ? यो प्रकरणले अहिलेको सिस्टम नै धेरै बदनाम भयो ।

सामन्ती राज्य सत्ताको विरूद्ध भन्दै तपाईंले विद्रोह गर्नुभयो, माओवादीले शसस्त्र विद्रोह गर्यो अहिले तीनै नेता ठूल्ठूला भ्रष्टाचार काण्डमा मुछिएका छन्, यसलाई कसरी बुझ्ने ?

गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट भ्रष्टाचार काण्डमा दुवै मुछिन थाले । यो प्रकरणको डिजाइन त एमालेकै पालामा भएको रहेछ । तत्कालीन ओली सरकारलाई अदालतले नहटाएको भए त्यतिबेलै सबै कुरा टुंगो लाग्ने रहेछ । यसमा ओलीको साथ नभए अरूले आँट गर्न सक्छन् ? यो प्रकरण सार्वजनिक हुनासाथ ओली आत्तिनुको कारण के हो ?

यसप्रकरण ओलीलाई थाहा थियो र उनकै संरक्षणमा यी सबै सेटिङ भएको तपाईंले भन्न खोज्नुभएको हो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली पनि दोषी देखिन्छन् । यसको प्रमाण उनकै अभिव्यक्तिले पुष्टी गर्छ । भुटानी शरणार्थी समस्या हल गर भनेर आफूले निर्देशन दिएको हो, अन्य विषय थाह छैन भनेका छन् । उनी दोषी नभएको भए अहिले किन दौडिएका छन् ? टोपबहादुर मुछिएपछि पार्टीले निलम्बन गर्नुपर्ने होइन ?

ठूला टाउके मिल्छन् । साना कर्मचारी कारवाहीमा पर्छन् । सबैलाई कारवही हुने भयो भने त कांग्रेस एमालेका शीर्ष नेता नै पर्छन् । यीनलाई कारवाही गर्न थाल्यो भने ३२ सिटको सरकार कति दिन टिक्छ ? यहाँ ओली र देउवाकै छटपटी सुरू भइसकेको छ । रायमाझी पक्राउ पर्दा खाँण पनि पक्राउ पर्ने भयो । त्यसैले कसैलाई कारवाही हुँदैन ।

सांसद, मन्त्री, प्रधानमन्त्रीहरूले सल्लाहकार टिम राख्ने, स्वकीय र निजी सचिवालय राख्ने चलन छ, त्यो आवश्यक छ ?
सल्लाहकार, सचिवालय केही पनि चाहिँदैन । यी सबै आफ्ना मान्छेलाई जागिर खुवाउन राखेका हुन् । राज्यका पदाधिकारीलाई विषय विज्ञ चाहिएको हो । राजनीतिज्ञलाई सबै कुरा थाहा हुँदैन । जुन क्षेत्रको सम्बन्धमा मन्त्री वा प्रधानमन्त्रीलाई जानकारी चाहिएको हो, त्यस क्षेत्रका विशेषज्ञलाई बोलाएर सल्लाह लिए भइगो नि । काम नगर्ने भएपछि ५० जना सल्लाहकार राखेपनि हुँदैन । सबै कुराको रेकर्ड राख्न एक जना निजी सचिवले भए पुग्छ । अन्य व्यक्ति आवश्यक नै छैन ।

भुटानी शरणार्थीकै कुरा गर्ने हो भने पनि नेताका छोरा, श्रीमतीहरू विचौलीयासँग मिलेको देखिन्छ । नेताले थाहा पाएर पनि छुट दिएको हो कि वा उनीहरूकै जानकारीमा यस्तो भइरहेको छ ?

बाबुलाई जानकारी नदिइ छोराले गरेको छ भने कानुनी रूपमा छोरा दोषी हुन्छ । पारिवारिक रूपमा अभिभावक भएकाले त्यसको जिम्मेवारी बाबु–आमाले लिनुपर्छ । त्यो नैतिक विषय भयो । यस प्रकरणमा छोराले गरेको काम बाबुलाई थाहा छैन भन्न मिल्दैन । यहाँ त बाबु, छोरा, श्रीमती नै मुछिएका छन् । यस प्रकरणमा आरजु, मञ्जुकै विषय जोडिएको छ । विचौलियाबाट त्यत्रो रकम असुल गर्दा, आरजुले देउवालाई वा मञ्जुले खाँणलाई नभनेको भनेर कसरी पत्याउने ?

यस प्रकरणका दोषीलाई वर्तमान प्रधानमन्त्रीले कारवाही गर्न सक्छन् ?

अहिलेसम्मको इतिहास हेर्दा यो प्रकरणमा पनि कारवाही हुँदैन । ठूला माछा उम्किन्छन् साना माछालाई कारवाही हुन्छ । अरु सबै क्वीट हुन्छ । घटनाक्रम हेर्दा एमालेको पनि कनेक्सन माथिसम्म पुगेको छ । कांग्रेसमा पनि माथिसम्म पुगेको छ । यस्तोमा कारवाही गर्दा प्रचण्ड सरकार नै ढल्छ ।

सरकार ढले ढलोस् म कारवाही गरेरै छाड्छु प्रधानमन्त्रीले अग्रसरता देखाएमा ठूला माछा पनि पक्राउ गर्न सकिन्छ नि, हैन ?

यी सबै कनेक्सन खोज्न सरकारलाई एकडेढ महिना समय लाग्छ । त्यतिबेलासम्म सरकार नै टिक्न नसक्ने अवस्था बन्छ । बालुवाटार प्रकरणमा विष्णु पौडेल मुछिएका थिए, त्यत्तिकै ढिसमिस भयो । ओम्नी काण्डमा ढकालको नाम नै हरायो । यो प्रकरण पनि कसैलाई कारवाही हुन सक्दैन ।

ठूला टाउके मिल्छन् । साना कर्मचारी कारवाहीमा पर्छन् । सबैलाई कारवही हुने भयो भने त कांग्रेस एमालेका शीर्ष नेता नै पर्छन् । यीनलाई कारवाही गर्न थाल्यो भने ३२ सिटको सरकार कति दिन टिक्छ ? यहाँ ओली र देउवाकै छटपटी सुरू भइसकेको छ । रायमाझी पक्राउ पर्दा खाँण पनि पक्राउ पर्ने भयो । त्यसैले कसैलाई कारवाही हुँदैन ।