तौल बढाउन लाभदायिक छन् यी जडिबुटी
एजेन्सी । तौल घटाउन विभिन्न आहार र व्यायामको सिफारिस गरिन्छ । तर तौल कम भएका व्यक्तिका लागि भने तौल बढाउन कठिन पर्छ । आयुर्वेदमा यस्ता धेरै जडिबुटि छन् जुन तौल बढाउनको प्रभावकारी मानिन्छ ।
अश्वगंधा
अश्वगंधा मांसपेशी बलियो बनाउन तथा तौल बढाउनका लागि उपयुक्त जडिबुटि हो । यसले कुनै साइड इफेक्ट बिना शरीरको तौल बढाउँछ । यसमा हुने पौष्टिक गुणहरूले शारीरिक शक्ति बढाउन, मांसपेशीहरूलाई बलियो बनाउन र मस्तिष्कको कार्यमा सुधार गर्न मद्दत गर्दछ। । अश्वगन्धा अनिद्रा र थकानका लागि पनि प्रभावकारी छ ।
शतावरी
शतावरी पनि तौल बढाउन लाभदायिक जडिबुटि हो । यसले पाचन क्रिया सुधार्ने काम गर्छ । जसले गर्दा भोक नलाग्ने समस्यालाई हटाउँछ र खानामा रुची बढाउँछ ।
गोक्षुरा
आयुर्वेदमा गोक्षुराको प्रयोग मांसपेशिको वृद्धि गर्न र शक्ति बढाउन प्रयोग गरिन्छ। यसले पाचन सुधार गर्न, भोक बढाउन र स्वस्थ तौल बढाउन मद्दत गर्दछ।
अदुवा
अदुवा पेट दुख्ने, वाकवाकी र अपचको उपचारको लागि प्रयोग गरिन्छ। यसले भोक जगाउने काम गर्छ । त्यसैले अदुवाको सेवनले पनि तौल बढाउन मद्दत गर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया