ओखरका फाइदा : हड्डीदेखि छालासम्म
एजेन्सी । ओखर धेरै आवश्यक पोषक तत्वहरूमध्ये एक हो, यसमा ओमेगा ३ फ्याटी एसिडहरू पाइन्छन् । जुन स्वास्थका लागि उपयुक्त मानिन्छ ।
यस बाहेक, ओखरमा अन्य एन्टिअक्सिडेन्ट, एन्टिभाइरल र एन्टी इन्फ्लेमेटरी गुणहरू हुन्छन् । यसमा हुने यी लाभदायिक गुण हाम्रो कपालदेखि छालासम्मका लागि फाइदाजनक छ ।
छालामा ओखर
छालाको सौन्दर्य बढाउन ओखर एक प्राकृतिक स्रोत हो । यसले अनुहारमा भएका सबै किसिमका दागहरु हटाइ चम्किलो बनाउनुसँगै अनुहार सफा पनि बनाउँछ । अनुहारमा आउने पिम्पल, चाउरीपना, एलर्जी जस्ता छालाको समस्या पनि यसको प्रयोगले कम हुन्छ ।
कपालको समस्यामा ओखर
ओखर छालाको समस्याको लागिमात्र नभई कपालको समस्यालाई समेत प्रभावकारी छ । यसले कपाल झर्ने, सेतो बनाउने, चाँया पर्ने लगायतका कपालसँग सम्बन्धीत सबै समस्याको निराकरण गर्छ ।
मस्तिष्कको लागि ओखर
ओखरमा पाइने ओमेगा ३ फ्याटी एसिड मस्तिष्कको लागि फाइदाजनक छ । यसको सेवनले स्मरणशक्ति बढाउन मद्दत गर्छ भने तनाव, चिन्तासमेत कम गर्छ ।
हड्डीको लागि ओखर
हड्डी बलियो र स्वस्थ बनाउन पनि ओखर लाभदायिक मानिन्छ । ओखरमा क्याल्सियम र फस्फोरस प्रशस्त्र मात्रामा हुन्छन् । जुन हड्डीका लागि आवश्यक छ । ओखर खाँदा हड्डी दुख्ने समस्याबाट पनि राहत मिल्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया