राप्रपाले किन बोलायो कार्यसम्पादन समितिको बैठक ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक जेठ १ देखि ३ गतेसम्म बस्ने भएको हो ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावि रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया