एकल अंकले नेप्से घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा आज एकल अंकको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ५९ अंकमा कायम भएको हो ।
आज दुई सय ५९ वटा कम्पनीको १६ लाख २०४ पटक कारोबारमा २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिदबिक्री हुँदा ५७ करोड ८८ लाख ४१ हजार ५९३ रूपैयाँको कारोबार भएको छ ।
विभिन्न समूहको उपसूचक हेर्दा आज बैंकिङ, जीवन बीमा र म्युचल फण्ड बढेका छन् । बैंकिङ ०.०५, जीवन बीमा ०.०२ र म्युचल फण्ड ०.४३ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा विकास बैंक ०.४९, वित्त ०.६७, होटल तथा पर्यटन ०.२३, जलविद्युत ०.४१, लगानी ०.०१, उत्पादन ०.००, माइक्रोफाइनान्स ०.५७, नीर्जीवन ०.३२, अन्य ०.३२ र व्यापार ०.५९ प्रतिशतले घटेको छ ।
बिहीबार आत्मनिर्भरका लगानीकर्ताले सर्वाधिक ६.१० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै फर्वाड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक ५.९९ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै नेपाल टेलिकमको सर्वाधिक ३ करोड १५ लाख ६ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा ग्लोबल आइएमइ बैंक प्रमोटर सेयरको २ करोड ७० लाख ८४ हजार रूपैयाँको कारोबार भएको छ। त्यस्तै शिभम् सिमेन्टको १ करोड ८० लाख ३७ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया