एकल अंकले नेप्से घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा आज एकल अंकको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ५९ अंकमा कायम भएको हो ।
आज दुई सय ५९ वटा कम्पनीको १६ लाख २०४ पटक कारोबारमा २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिदबिक्री हुँदा ५७ करोड ८८ लाख ४१ हजार ५९३ रूपैयाँको कारोबार भएको छ ।
विभिन्न समूहको उपसूचक हेर्दा आज बैंकिङ, जीवन बीमा र म्युचल फण्ड बढेका छन् । बैंकिङ ०.०५, जीवन बीमा ०.०२ र म्युचल फण्ड ०.४३ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा विकास बैंक ०.४९, वित्त ०.६७, होटल तथा पर्यटन ०.२३, जलविद्युत ०.४१, लगानी ०.०१, उत्पादन ०.००, माइक्रोफाइनान्स ०.५७, नीर्जीवन ०.३२, अन्य ०.३२ र व्यापार ०.५९ प्रतिशतले घटेको छ ।
बिहीबार आत्मनिर्भरका लगानीकर्ताले सर्वाधिक ६.१० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै फर्वाड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक ५.९९ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै नेपाल टेलिकमको सर्वाधिक ३ करोड १५ लाख ६ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा ग्लोबल आइएमइ बैंक प्रमोटर सेयरको २ करोड ७० लाख ८४ हजार रूपैयाँको कारोबार भएको छ। त्यस्तै शिभम् सिमेन्टको १ करोड ८० लाख ३७ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया