गुलाफको फूल अनुहारका लागि काइदा, कसरी गर्ने प्रयोग ?

एजेन्सी । गुलाफको फूल अधिकांशको रोजाइमा पर्ने गर्छ । प्रेमको प्रतिक पनि मानिने यो फूलमा यस्ता धेरै गुण छन् जसले तपाईको सुन्दरता बढाउँछ । अनुहारमा निखार ल्याउन यसको भरपुर प्रयोग गर्न सकिन्छ ।
गुलाफको फूलमा पाइने गुणले छालाको चाउरीपना, चाया पोतो, डण्डिफोर जस्ता समस्यालाई निकै हदसम्म कम गर्छ ।
छालाको संक्रमणबाट बच्न यो एक राम्रो विकल्प हो । गुलाफको फूललाई पेस्ट बनाएर लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै छालामा भएका सबै समस्याबाट छुटकारा दिन्छ ।
साथै यसले छालाको क्षतिग्रस्त कोशिकाहरूलाई मर्मतसमेत गर्छ ।
यसबाट टोनर पनि बनाउन सकिन्छ । टोनल बनाउनका लागि गुलाबको फूल पानीमा पकाउनुहोस् र केही समय पानी उम्लिएपछि फूललाई छानेर पानी एउटा भाँडोमा हाल्नुहोस् र उक्त पानी फेसमा टोनरको रुपमा प्रयोग गर्नुहोस् । यसले तपाईंको छालाको पीएच स्तर सुधार्छ।
तपाईं गुलाबबाट फेस स्क्रब पनि तयार गर्न सक्नुहुन्छ । यसको लागि गुलाबको फूलको पेस्ट बनाउनुहोस् र उक्त पेस्टमा कागतीको रस र चिनी मिसाउनुहोस् । अब यसलाई आफ्नो अनुहारमा लगाउनुहोस्। यसले पिग्मेन्टेसनको समस्यालाई हटाउँछ भने छालाको रङमा पनि निखार ल्याउँछ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया