ताप्लेजुङमा आगलागीले इन्टरनेट प्रभावित
ताप्लेजुङ । आगलागीका कारण फाइबर केबल जलेर क्षति भएपछि ताप्लेजुङमा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएका छन् ।
गएराति फुङ्लिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले जडान गरेको फाइबर केबल जलेपछि मोबाईल फोन र इन्टरनेट दुवै सेवा प्रभावित बनेको हो ।
टेकमाइन्डस्को फाइबर केबल नेपाल टेलिकमलेसमेत प्रयोग गरिरहेकाले मोबाइल सेवासमेत प्रभावित भएको नेपाल टेलिकम ताप्लेजुङले जनाएको छ । रेडियो लिंकबाट ‘व्यान्डविथ न्युन’ भएकाले टेलिकमको सेवा प्रभावित बनेको जनाइएको छ । टेकमाइन्डस्को सेवा भने पूर्णरुपमा अवरुद्ध भएको छ ।
आगलागीले करिब पाँच सय मिटर फाइबर केबल जलेर नष्ट भएको नव दुर्गा इन्टरनेट सर्भिस प्रालीका प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए। जलेको तार निकालेर नयाँ तार जडानको कार्य भइरहेको उनको भनाइ छ ।
टेलिकमको मोबाइल र इन्टरनेट दुवै सेवा आंशिकरुपमा र टेकमाइन्डस्को सेवा पूर्णरुपमा अवरुद्ध हुँदा सेवाग्राही भने मारमा परेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया