ताप्लेजुङमा आगलागीले इन्टरनेट प्रभावित
ताप्लेजुङ । आगलागीका कारण फाइबर केबल जलेर क्षति भएपछि ताप्लेजुङमा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएका छन् ।
गएराति फुङ्लिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले जडान गरेको फाइबर केबल जलेपछि मोबाईल फोन र इन्टरनेट दुवै सेवा प्रभावित बनेको हो ।
टेकमाइन्डस्को फाइबर केबल नेपाल टेलिकमलेसमेत प्रयोग गरिरहेकाले मोबाइल सेवासमेत प्रभावित भएको नेपाल टेलिकम ताप्लेजुङले जनाएको छ । रेडियो लिंकबाट ‘व्यान्डविथ न्युन’ भएकाले टेलिकमको सेवा प्रभावित बनेको जनाइएको छ । टेकमाइन्डस्को सेवा भने पूर्णरुपमा अवरुद्ध भएको छ ।
आगलागीले करिब पाँच सय मिटर फाइबर केबल जलेर नष्ट भएको नव दुर्गा इन्टरनेट सर्भिस प्रालीका प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए। जलेको तार निकालेर नयाँ तार जडानको कार्य भइरहेको उनको भनाइ छ ।
टेलिकमको मोबाइल र इन्टरनेट दुवै सेवा आंशिकरुपमा र टेकमाइन्डस्को सेवा पूर्णरुपमा अवरुद्ध हुँदा सेवाग्राही भने मारमा परेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया