भ्रष्टाचारी, कमिसनखोरीलाई भ्रष्टाचारविरूद्धको अभियानमा सहभागी नहुन लेखनाथको आग्रह
काठमाडौं । माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले कमिसन, घुसखोरी, भ्रष्टाचार लगायत अपराधकर्ममा लाग्नेहरूलाई भ्रष्टाचारविरूद्धको आन्दोलनमा सहभागी नहुन आग्रह गरेका छन् ।
यस्ता व्यक्तिहरू भ्रष्टाचारविरूद्ध सरकारले चालेको कदमको समर्थनमा सहभागी भए आशाभन्दा निराशा बढी हुने भएकाले ती व्यक्तिहरूलाई सहभागी नहुन उनले अपिल गरेका हुन् ।
‘सरुवा बढुवामा कमिसन खानेहरू, नेता, मन्त्रीसँग व्यापारी, प्रशासनिक, सुरक्षा निकायका माथिल्लो तहका व्यक्ति र विचौलिया भेटाए वापत पैसा खानेहरू, शिक्षाका मुद्दा बेचेर शिक्षा व्यापारीसँग पैसा कुम्ल्याउनेहरू वा यस्तै यस्तैहरू भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमको समर्थनमा हुने भएका प्रदर्शनीमा सहभागी नहौं/नगरौं’, शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘यस्ता मान्छेहरू त्यस्ता कार्यक्रममा सहभागी भएको देखियो भने जानेबुझेका नागरिकहरूमा आशाको ठाउँमा निराशा थपिने खतरा हुन्छ ।’
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया