बालबालिकालाई पारासिटामोल दिनु कति सुरक्षित ?

एजेन्सी । साना बालबालिकाको शारीरीकसँगै उनीहरूको प्रतिरक्षा प्रणालीको पनि विकास हुन्छ । उनीहरूको प्रतिरक्षा प्रणाली बाल्यकालमा पूर्ण रूपमा विकसित हुँदैन । जसकारण प्रायः बालबालिका समय समयमा बिरामी भइरहेका हुन्छन् ।
ज्वरो, रुघाखोकीले बालबालिकालाई अत्यधिक छिटो आक्रमण गर्छ । यसबाट बचाउन हामी उनीहरुलाई सिटामोल खुवाउने गर्छौं । हामीले उनीहरुको स्वास्थ्य अवस्थालाई हेरेर खुवाउने सिटामोल साँच्चिकै सुरक्षित छ त ? यसबारेमा अभिभावकले जान्न भने जरुरी छ ।
पारासिटामोल बालबालिकादेखि वृद्धसम्मलाई दिइन्छ । ज्वरो आउँदा चिकित्सको विकल्प पनि यो भन्दा बाहिर जाँदैन । तर यसको मात्रा भने वयस्क र बच्चामा एउटै हुँदैन् । यसको सहि मात्रामा उपयोग गरिएन भने यसले शरीरमा नकारात्मक असर गर्छ । शरीरमा चाहिने भन्दा बढी मात्राको उपयोग कलेजोको लागि घातक हुन्छ ।
शरीरमा चाहिने भन्दा बढी मात्रा सिटामोलले असर गर्नुका साथै कलोजोमा पनि हानी गर्छ । परामर्श बिना नै औषधी खुवाउँदा यसको ओभर डोज हुन्छ । डोज बढी हुँदा मुटुमा पनि असर हुने स्वास्थ्य विज्ञ बताउँछ । अधिकांश अभिभावकले चिकित्सको परामर्शबिना नै बालबालिकालाई ज्वरो आउँदा सिधै पारासिटामोलको प्रयोग गर्छन् र ज्वरो निको भएन भने त्यसको डोज बढाउँछन् ।
यसले पारासिटामोल सुरक्षित हुँदा हुँदै पनि बच्चाको स्वास्थ्यमा भने नकारात्मक असर गरिरहेको हुन्छ । त्यसैले पारासिटामोल बच्चालाई खुवाउनु अघि यसको सहि मात्रा भने जान्न आवश्यक हुन्छ । विशेषज्ञहरुकाअनुसार पारासिटामोलको अत्यधिक मात्राले कलेजोको कोशिकाहरूलाई क्षति पु-याउन थाल्छ ।
बालबालिकामा पारासिटामोलको मात्रा बढी भएको कसरी थाहा पाउने ?
यदि बालबालिकामा पारासिटामोलको प्रयोपछि पेट दुख्ने, वान्ता हुने, पखाला लाग्ने जस्ता समस्या आयो भने उनीहरुमा यसको डोज बढी भएको आशंका गर्नुपर्छ । यसबाहेक बालबालिकामा पारासिटामोलको मात्रा धेरै हुँदा बालबालिकामा चिडचिडापन र कमजोरी पनि हुन सक्छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया