अनुहारमा आइस लगाउँदा के कुरामा ध्यान दिने ?

एजेन्सी । गर्मी होस् वा जाडो कतिपयको बानी अनुहारमा आइस लगाउने हुन्छ । अनुहारमा आइस लगाउनुका केही विशेषता पनि छन् । अनुहारमा आइस लगाउँदा पार्सहरु बन्द हुने, छाला नरम भई टाइट हुने गर्छ ।
यसरी जति यसका फाइदा छन् । त्यति नै लगाउने मौसम अनुकुल नहुँदा बेफाइदा पनि । अहिले गर्मी मौसम छ । गर्मीमा पसिना अत्यधिक आउँछ । यस्तो अवस्थामा छाला चिपचिप हुनुका साथै पसिना अधिक आउँछ । यस्तो समय सिधै आइस क्युब अनुहारमा लगाउँदा यसले छालामा समस्या ल्याउन सक्छ । त्यसैले गर्मीमा आइस लगाउँदा केही सजकता अपनाउनुपर्छ ।
अनुहारमा सिधै आइसले रगडदा यसले तपाईको छालाको कोशिकाहरूलाई क्षति पुर्याउँछ । यसले अनुहार बिग्रन सक्छ । आइस क्युब संवेदनशील छालाको हानिकारक मानिन्छ । यसल अनुहारमा पिम्पल आउने, छाला सुख्खा हुने, दागधब्बा आउन जस्ता समस्या हुन सक्छ।
आइसले छालाका कोशिकाहरूलाई क्षति पु-याउँदा यसले छाला रातो भई सुन्निन सक्छ । त्यसैले आइस लगाउँदा कपडामा बेरेर लगाउनुहोस् । यसले आइस सिधै अनुहारको सम्पर्कमा आउँदैन् र जोखिम कम हुन्छ । छालामा सिधैंं आइस क्युब लगाउँदा यसले छालामा प्रत्यक्ष असर गर्छ । जसले छाला एलर्जी हुने तथा चाउरीपना, चाँयापोतो आउन सक्छ । यसका साथै आँखामा कालो घेरासमेत बस्न सक्छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया