अनुहारमा आइस लगाउँदा के कुरामा ध्यान दिने ?
एजेन्सी । गर्मी होस् वा जाडो कतिपयको बानी अनुहारमा आइस लगाउने हुन्छ । अनुहारमा आइस लगाउनुका केही विशेषता पनि छन् । अनुहारमा आइस लगाउँदा पार्सहरु बन्द हुने, छाला नरम भई टाइट हुने गर्छ ।
यसरी जति यसका फाइदा छन् । त्यति नै लगाउने मौसम अनुकुल नहुँदा बेफाइदा पनि । अहिले गर्मी मौसम छ । गर्मीमा पसिना अत्यधिक आउँछ । यस्तो अवस्थामा छाला चिपचिप हुनुका साथै पसिना अधिक आउँछ । यस्तो समय सिधै आइस क्युब अनुहारमा लगाउँदा यसले छालामा समस्या ल्याउन सक्छ । त्यसैले गर्मीमा आइस लगाउँदा केही सजकता अपनाउनुपर्छ ।
अनुहारमा सिधै आइसले रगडदा यसले तपाईको छालाको कोशिकाहरूलाई क्षति पुर्याउँछ । यसले अनुहार बिग्रन सक्छ । आइस क्युब संवेदनशील छालाको हानिकारक मानिन्छ । यसल अनुहारमा पिम्पल आउने, छाला सुख्खा हुने, दागधब्बा आउन जस्ता समस्या हुन सक्छ।
आइसले छालाका कोशिकाहरूलाई क्षति पु-याउँदा यसले छाला रातो भई सुन्निन सक्छ । त्यसैले आइस लगाउँदा कपडामा बेरेर लगाउनुहोस् । यसले आइस सिधै अनुहारको सम्पर्कमा आउँदैन् र जोखिम कम हुन्छ । छालामा सिधैंं आइस क्युब लगाउँदा यसले छालामा प्रत्यक्ष असर गर्छ । जसले छाला एलर्जी हुने तथा चाउरीपना, चाँयापोतो आउन सक्छ । यसका साथै आँखामा कालो घेरासमेत बस्न सक्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया