आजदेखि लागू हुने गरी ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले आज (जेठ १ गते) बाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्युनतम ५.४० प्रतिशतदेखि अधिकतम ९.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै निक्षेपमा २.७० प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले नर्मल सेभिङ, ग्लोबल नारी बचत, ग्लोबल बालबालिका बचत, ग्लोबल नवरत्न स्यालरी अकाउन्ट, ग्लोबल कर्मचारी बचत, सोसल सेक्युरेटी, ग्लोल सेयर लगानी, ग्लोबल स्टुडेन्ट सेभिङ, रेमिट्यान्स बचत खातामा ५.४० प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै ग्लोबल जेष्ठ नागरिक बचत खाता ६.४० प्रतिशत ब्याजर तोकेको छ । त्यस्तै सबै नेपालीको बचत खाता, सोचेजस्तो बचत खातामा ७.४० प्रतिशत ब्याजनर कायम गरेको छ भने ग्लोबल रेमिट सेभिङ अकाउन्टमा ९.४० प्रतिशत ब्याजनर निर्धारण गरेको छ ।
बैंकले फिक्स डिपोजिटअन्तर्गत व्यक्तिगततर्फ ३ महिनाभन्दा बढी अवधिको लागि ९.९९, रेमिटर्स टर्म ११.९९ र संस्थागततर्फ ६ महिना बढी अवधिको लागि ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया