सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गएको वैशाख १७ गते सहकारीबाट रु ३३ लाख चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्र्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
उनीहरुको साथबाट नगद रु पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय काभ्रेमा पठाइएको प्रवक्ता उनले बताए ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया