श्रमिकका लागि कानून परिमार्जन गर्दै कतार
काठमाडौं । अत्यधिक गर्मीले शरीरमा पर्ने दबाब (हट स्ट्रेस) बाट श्रमिकलाई बचाउन ल्याइएको कानूनमा कतारले थप सुधार गर्ने भएको छ ।
कतारले मे २०१० मा मध्याह्नमा श्रमिकलाई काममा लगाउन नपाउनेसहितको हिट स्ट्रेससँग सम्बन्धित नयाँ कानून ल्याएको थियो । यो कानूनलाई थप परिमार्जन गर्ने कतारको तयारी छ ।
कतारका श्रममन्त्री अलबिन समिख अल–मर्रीले श्रम बजारको विकासका लागि हिट स्ट्रेससँग सम्बन्धित कानूनलाई थप परिमार्जन गर्न लागिएको बताए ।
‘हामी हिट स्टे«ेससँग सम्बन्धित कानूनलाई थप उन्नत बनाउन गइरहेका छौं । पेसागत सुरक्षा तथा स्वास्थ्यका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको सहयोगको सराहना गर्दर्छौं,’ गत साता कतारमा आयोजित पेसागत तापको दबाबसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘उच्च तापले श्रमिकलाई पर्ने दबाबबाट बचाउन कानून ल्याउनेमा कतार अगाडि छ । यसले श्रमिकको उत्पादकत्वमा पर्ने प्रभावलाई कम गर्न हामीले योजना बनाएका छौं ।’
कतारद्वारा दुई वर्षअघि जारी यससम्बन्धी कानूनले १ जुनदेखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बाहिरी क्षेत्रमा काम लगाउन रोक लगाएको छ । त्यस्तै, रोजगारदाताले उच्च तापको असरबाट हुने जोखिमलाई न्यूनीकरण गर्न जोखिम आकलनको तयारी गर्नुपर्ने, मुख्य ठेकेदारले एउटै कार्यक्षेत्रमा भएका दुईभन्दा बढी सप्लाई कम्पनीसँग तापको दबाबबाट पनेृ जोखिमलाई न्यूनीकरण गर्न समन्वय गर्ने व्यवस्थासमेत उक्त कानूनमा गरिएको थियो, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया