बच्चालाई बारम्बार ‘फुड पोइजनिङ’ किन हुन्छ ?

एजेन्सी । अस्वस्थकर खानाले प्रायः बच्चालाई फुड पोइजनिङको समस्याले सताउने गर्छ । अधिकांश बच्चा बाहिरको खाना मन पराउँछन र धेरै जसो बाहिरको खाना नै खाने गर्छन् । जसले गर्दा फुड पोइजनिङको समस्या पनि उच्च हुन्छ ।
बिग्रिएको, बासी, ब्याक्टेरिया, भाइरस वा अन्य किटाणुहरूले दूषित बनाएको खाना खानु नै यसको कारण हो ।
किन हुन्छ बालबालिकामा फुड पोइजनिङ ?
रोग प्रतिरोधात्मक क्षमता कम हुनु
काँचो खानेकुराको सेवन
बाहिरको खाना र पानी पिउँदा
सरसफाइमा ध्यान नदिनु
बासी, सडे गलेका खानेकुराको सेवन
यस्तो छ घरेलु उपचार
फुड पोइजनिङ हुँदा बच्चालाई लगातार बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने हुन्छ । यसले उनीहरुलाई झन कमजोर र शिथिल बानाउँछ । यस्तो अवस्थामा उनीहरुलाई राहत दिन अदुवा लाभदायिक हुन सक्छ ।
अदुवामा पेट सफ गर्ने गुण हुन्छ । एक गिलास पानीमा अदुवाको टुक्रा हाल्नुहोस् र उक्त पानी केही मिनेट पकाउनुहोस् । उम्लिएको पानी मनतातो भएपछि बच्चालाई खान दिनुहोस् । यसले फुड पोइजनिङबाट राहत दिन्छ ।
यसबाहेक, लसुनमा पनि एन्टी–इन्फ्लेमेटरी, एन्टिभाइरल र एन्टि–ब्याक्टेरियल गुणहरू हुन्छन् । फुड पोइजनिङमा लसुनको एक पोटी चपाउन दिँदा पनि हुन्छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया