घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बुधबार लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको भाउ (खरिददर) १३१ रूपैयाँ २४ पैसा र बिक्रीदर १३१ रूपैयाँ ८४ पैसा कायम भएको छ ।
बुधबार युरोपियन डलर एकको खरिदर १४२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ६१ पैसा तोकिएको छ । आज अस्ट्रेलियन डलर खरिददर ८७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रूपैयाँ १२ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८९ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २८ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ २३ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९८ रुपैयाँ ६८ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ६६ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया