प्रियंकाको चम्किलो छालाको राज के हो ?
एजेन्सी । बलिउडमा मात्र नभई हलिउडमा प्रियंका चोपडाको नाम अग्र स्थानमा आउँछ । उनको अभिनयदेखि फिटनेसको चर्चा पनि उत्तिकै चल्छ ।
बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी चोपडा फेसनका कारण बेला बेलामा ट्रोलको सिकार पनि बन्ने गर्छिन् । उमेरमा आफूभन्दा १० वर्ष कान्छा निक जोनसँग विवाह गरेकी प्रियंका फिटनेसले नै श्रीमानसँगको अन्तरलाईसमेत तोडिदिएकी छन् ।
एक अन्तर्वार्तामा उनले आफ्नो अनुहारको हेरचाह घरलु प्राकृतिक विधिबाट नै गरेको बताएकी छन् । आउनुहोस् जानौं प्रियंकाले चक्किलो छालाको राज
दिएको एक अन्तर्वार्तामा प्रियंकाले आफू र उनकी आमालाई राती सुत्नुअघि अनुहारमा नरिवलको तेल लगाउन मन पराउने बताइन् ।
‘नरिवलको तेलमा प्राकृतिक रूपमा मोइस्चराइजिङ गुणहरू छन्, जसले तपाईंलाई चम्किलो छाला बनाउन मद्दत गर्दछ,’ उनले भनिन् ।
त्यस्तै, उनी आफूलाई फिट राख्न प्रशस्त्र पानी पिउने गर्छिन् । पानीले छालालाई प्राकृतिक चमक दिने उनी बताउँछिन् ।
योसँगै उनी कामको व्यस्ताबाट केही समय निकालेर अनुहारको लागि घरमै प्राकृतिक फेस प्याक लगाउँछिन् । यसले उनको अनुहार मुलायम बनाउन मद्दत गर्छ ।
यसको लागि प्राकृतिक सामग्री जस्तै गहुँको पिठो, बेसार, कागतीको रस, दही र गुलाब जल प्रयोग गर्छिन् । यो सबै सामग्रीको प्रयोग गरेर उनी प्राकृतिक फेस प्याक बनाएर लगाउँछिन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया