बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बिहीबार डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको भाउ (खरिददर) १३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रूपैयाँ १२ पैसा कायम भएको छ ।
बिहीबार युरोपियन युरो एकको खरिदर १४२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रूपैयाँ ०८ पैसा तोकिएको छ । आज अस्ट्रेलियन डलर खरिददर ८७ रूपैयाँ ४८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८८ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ६० पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया