अमेरिकी पूर्वराष्ट्रपति ओबामासहित पाँच सयमाथि रुसी प्रतिबन्ध
काठमाडौं । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ ।
रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।
‘वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिनेछ, यो कुरा उसलाई ज्ञात हास्,” रुसी विदेश मन्त्रालयले अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्धमा भनेको छ ।
करिब १५ महिनादेखि रुस र युक्रेनबीच युद्ध जारी छ । अमेरिकालगायत पश्चिमा देशले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्र्दैै मस्कोमाथि आर्थिक नाकाबन्दी गरेका छन् ।
केही महिनाअघि रुसी कदमको विरोध गर्दै विश्वका एक सय ४१ देशले युक्रनेमाथिको हमला अविलम्ब अन्त्य हुनुपर्ने राष्ट्रसङ्घीय प्रस्तावका पक्षमा मतदान गरेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया