सय विद्यार्थीलाई शैक्षिक समाग्री

ललितपुर । बाल सरोकार समुह बालअधिकार तथा शिक्षाकोको क्षेत्रमा काम गर्दै र वकालत गर्दै आईरहेको संस्थाले सय विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको छ ।
लू निभा बाल सरोकार समुहले शनिवार शैक्षिक सहायता कार्यक्रम अन्तर्गतका विद्यार्थीहरुबीच वार्षिक भेला र शैक्षिक सामग्री वितरण गरेको हो ।
लू निभाःका कार्यक्रम व्यवस्थापक सन्त राम डंगोलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमति प्रदेशका प्रदेश सभा सदस्य प्रेम भक्त महर्जन उपस्थित थिए ।
उनले १०० जना बालबालिकालाई शैक्षिक सामग्री –विद्यालय पोसाक, झोला, अभ्यास पुस्तिका लगायत समाग्री) वितरण गरे । उनले विद्यार्थीहरूलाई सफल नागरिक बनेर देशको सेवा गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले प्रदान गरिएको सामग्रीको सहि सदुपयोग गरी शिक्षा क्षेत्रमा अगाडि बढ्नको लागि विद्यार्थीहरुलाई उत्प्रेरणा दिएका थिए ।
सोही कार्यक्रममा आदर्श सौलः मा.वि.का प्रधानाध्याप ज्ञान भक्त महर्जनले लू निभाःले गरिरहेको कामको प्रशंसा गरी बालबालिकाहरुको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।
संस्थाले सन् २००५ देखि शैक्षिक सहायता कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । सुरुमा ललितपुर र काठमाडौंको जम्मा ३६ जना बालबालिकालाई शैक्षिक सहायता प्रदान गरेर सुरु गरेको कार्यक्रमबाट हाल ४५० जना भन्दा धेरै बालबालिकाले सहयोग पाएका छन् ।
बालबालिकाको शैक्षिक स्तरलाई उकास्ने उद्देश्यले असहाय, आर्थिक रुपमा विपन्न तथा टुहुरा बालबालिकाकाको लागि शैक्षिक सहायता कार्यक्रम सञ्चालन गरिएको हो । संस्थाले विशेष अधिकारभन्दा बाहिर रहेका र राज्यले दिएको मापदण्डको आधारमा शैक्षिक छात्रवृति पनि प्रदान गर्छ ।
यस कार्यक्रमको माध्यमबाट बालबालिकाको शिक्षाको महत्वको विषयमा केन्द्रित रहि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नेे, बालबालिकाको घर भ्रमण गरी उनीहरुको वर्तमान अवस्था र समस्या पत्ता लगाउने, जोखिमभित्र रहेका बालबालिकालाई आवश्यक परामर्श दिने वार्षिक भेला कार्यक्रम गरी अभिभावकसँग अन्तक्रिया गर्ने जस्ता कार्यक्रमहरु गर्दै आईरहेको छ ।
त्यसैगरी शिक्षकहरुलाई तालिम दिने र शैक्षिक स्तर उत्थान गर्नका लागि विभिन्न बाल क्लबहरुलाई सहजीकरण गर्ने जस्ता कार्यक्रमहरु पनि गर्दै आएकाे छ ।
यस कार्यक्रमको माध्यमबाट संस्थाले मानविय आपतकालिन राहत सहायता र भुकम्पपछिको आपतकालिन राहत सहायता जस्ता सहयोग पनि गरिरहेको छ ।
ताजा अपडेट
-
त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे
-
बागमतीसहित यी चार प्रदेशमा वर्षाको सम्भावना
-
यी २१ नेता जसले फिर्ता भएको एक सातामै फेरि लगे पिएसओ
-
नेपाल सुपर लिग फुटबल : काठमाडौं र चितवनले अंक बाँडे
-
आम जनता पार्टीले तोक्यो सातै प्रदेशका इञ्चार्ज, कुन प्रदेशमा को ?
प्रतिक्रिया