यी चार समस्या भएकाले खानु हुँदैन कालो चना

एजेन्सी । स्वस्थ शरीरका लागि चना फाइाजनक छ । यसमा प्रोटिनसँगै शरीरलाई चाहिने अन्य आवश्यक पोषक तत्वहरु पनि प्रशस्त्र मात्रामा पाइन्छन् । तर सबै व्यक्तिका लागि भने यसको सेवन फाइदाजनक नहुन सक्छ ।
कस्तो अवस्थामा कालो चना खानुहुँदैन् ?
पेट फुल्ने समस्या
काेही व्यक्तिमा पेटको समस्या हुन्छ । जसले उनीहरुको पेट फुल्ने गर्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिले चना नखानु लाभदायिक हुन्छ ।
पित्त थैली सम्बन्धी समस्या
पित्त थैली सम्बन्धी समस्या भएका बिरामीले पनि चना खानु हुँदैन । कालो चना फाइबरले भरिपूर्ण हुन्छ । पित्तथैलीको समस्या भएका व्यक्तिले यसको सेवन गर्दा दुखाइ बढन सक्छ ।
युरिक एसिड
कालो चनाको अत्यधिक सेवनले युरिक एसिड बढाउने गर्छ । त्यसैले अगाडी नै युरिक एसिडको समस्या छ भने यसको सेवन गर्नुहुँदैन । यसले अझ युरिक एसिड उच्च मात्रामा बढाइदिन्छ ।
पाचन सम्बन्धी समस्या
पाचन सम्बन्धी समस्या भएकाले पनि कालो चनाबाट टाढा नै बस्नुपर्छ । कालो चना फाइबरले भरिपूण हुनुका साथै अन्य पोषणयुक्त तत्वले पनि भरिएको हुन्छ । यसलाई सहजै पचाउन गाह्रो हुन्छ । जसले पाचन बिग्रन पनि सक्छ र पाचन प्रणालीलाई प्रत्यक्ष असर गर्छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया