खानेपानी संस्थानको कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द
काठमाडौं । खानेपानी संस्थानको कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द गरिएको छ ।
खानेपानी संस्थानले ०७८ चैत १ गते खुला प्रतिस्पर्धा गराएर करार सेवामा नियुक्त गर्ने गरी तह १ देखि ३ सम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको थियो । विज्ञापन आह्वान गरेर यसको प्रक्रिया अघि नबढाएको संस्थानले १३ महिनापछि विज्ञापन नै रद्द गरेको हो ।
संस्थानले एक सूचना जारी गर्दै जेठ ५ को सञ्चालक समितिको निर्णयअनुसार कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द गरिएको जनाएको छ ।
विज्ञापन रद्द भएसँगै संस्थानले आवेदकले बुझाएको आवेदन शुल्क फिर्ता दिने भएको छ । यसका लागि आगामी १५ दिनभित्र रसिद, नागरिकतालगायत परिचय खुल्ने प्रमणपत्र लिएर आउन सूचित गरेको छ ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया