रातो खुसार्नी धेरै खाँदा के हुन्छ ?
एजेन्सी । खुसार्नी बिना भान्सामा पाक्ने तरकारी सायद अधुरै हुन्छन् ।
केहीको त पिरो धेरै खाने बानी नै हुन्छ । तर यसले स्वास्थ्यमा भने हानी गर्छ । यसको अत्यधिक सेवनले कफको समस्या उच्चसँग बढाउँछ । जसले दमको जोखिम पनि बढेर जान्छ ।
रातो खुर्सानीले श्वासप्रश्वास सम्बन्धी समस्यासमेत बढाइदिन्छ । रातो खुर्सानी पेटको लागि राम्रो मानिदैन् । यसले डाइरियाको समस्या गराउँछ भने एसिडिटीको समस्या पनि हुन्छ ।
रातो खुर्सानीमा मोटोपन विरोधी गुण र क्याप्साइसिन नामक एल्कालोइड हुन्छ। यसलाई खानामा समावेश गर्नाले शरीरको मेटाबोलिजम बढ्छ । जसले तौल घटाउन मद्त गर्छ ।
यसले छालामा एक्जिमा अर्थात छालामा हुने समस्यासमेत निम्त्याउन सक्छ । यसबाहेक रातो खुर्सानीको धेरै सेवन गर्दा छाति पोल्ने, मुखमा खटिरा तथा घाउ आउने, र अल्सरको समस्या बढ्ने गर्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया