रुकुमपश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर
रुकुम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् ।
प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगञ्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिपमा १५ जना सवार थिए ।
सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया