NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यस्ता छन् ब्रेकफास्टमा खानै नहुने कुरा

एजेन्सी । बिहानको दैनिकीमध्ये एक हामीले खाने ब्रेकफास्ट पनि हो । अधिकांश व्यक्ति ब्रेकफास्टमा के खाने भन्ने विषयलाई लिएर अलमल्लमासमेत पर्छन् । यो दोधारबाट बच्न धरैको रोजाइमा प्याक गरिएका खानेकुरा नै पर्छन् । जसलाई बनाउन समय पनि लाग्दैन् र छिटो पनि हुन्छ । तर के तपाईले खाएको ब्रेकफास्ट स्वास्थ्यका लागि फाइदाजनक छ ? यी कुरा भने जान्न जरुरी छ ।

ब्रेकफास्टमा के नखाने ?

ह्वाइट ब्रेड

ह्वा्इट ब्रेडमा कार्बोहाइड्रेट उच्च मात्रामा हुन्छ । जसले तपाईंको पेट लामो समयसम्म भरिदैन । र आडिलो पनि हुँदैन् । त्यसैले ब्रेकफास्टमा मुख्यतया प्रोटिन र फाइबरयुक्त चीजहरू समावेश गर्नुहोस्।

चिया बिस्कुट

सामान्यता छिटो हुने भएकाले चिया र बिस्कुट पनि व्यक्तिको रोजाइमा पर्छ । तर यो स्वास्थ्यका लागि भने राम्रो मानिदैन् । खाली पेटमा चिया र बिस्कुटको सेवनले शरीरमा समस्या ल्याउँछ । यसले उच्च मात्रामा एसिडिटीको समस्या निम्त्याउँछ ।

प्यान केक

बिहानको खाजामा प्यान केक खानु स्वस्थकर मानिदैंन् । यसमा फ्याट, चिनी र क्यालोरीको मात्रा धेरै हुन्छ । जसले स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

प्रशोधित खानेकुरा

अर्को विकल्पको रुपमा अधिकांशको रोजाइमा प्रशोधित खानेकुरा पर्छ । यस्ता खानेकुरामा ट्रान्स फ्याटको मात्रा धेरै हुन्छ । जसले हृदयघात, मस्तिष्कघात, मधुमेह, मोटोपना, उच्च रक्तचाप, मुटुरोग तथा क्यान्सर जस्ता रोगको सम्भावना बढाउँछ ।