यस्ता छन् ब्रेकफास्टमा खानै नहुने कुरा
एजेन्सी । बिहानको दैनिकीमध्ये एक हामीले खाने ब्रेकफास्ट पनि हो । अधिकांश व्यक्ति ब्रेकफास्टमा के खाने भन्ने विषयलाई लिएर अलमल्लमासमेत पर्छन् । यो दोधारबाट बच्न धरैको रोजाइमा प्याक गरिएका खानेकुरा नै पर्छन् । जसलाई बनाउन समय पनि लाग्दैन् र छिटो पनि हुन्छ । तर के तपाईले खाएको ब्रेकफास्ट स्वास्थ्यका लागि फाइदाजनक छ ? यी कुरा भने जान्न जरुरी छ ।
ब्रेकफास्टमा के नखाने ?
ह्वाइट ब्रेड
ह्वा्इट ब्रेडमा कार्बोहाइड्रेट उच्च मात्रामा हुन्छ । जसले तपाईंको पेट लामो समयसम्म भरिदैन । र आडिलो पनि हुँदैन् । त्यसैले ब्रेकफास्टमा मुख्यतया प्रोटिन र फाइबरयुक्त चीजहरू समावेश गर्नुहोस्।
चिया बिस्कुट
सामान्यता छिटो हुने भएकाले चिया र बिस्कुट पनि व्यक्तिको रोजाइमा पर्छ । तर यो स्वास्थ्यका लागि भने राम्रो मानिदैन् । खाली पेटमा चिया र बिस्कुटको सेवनले शरीरमा समस्या ल्याउँछ । यसले उच्च मात्रामा एसिडिटीको समस्या निम्त्याउँछ ।
प्यान केक
बिहानको खाजामा प्यान केक खानु स्वस्थकर मानिदैंन् । यसमा फ्याट, चिनी र क्यालोरीको मात्रा धेरै हुन्छ । जसले स्वास्थ्यमा नकारात्मक असर गर्छ ।
प्रशोधित खानेकुरा
अर्को विकल्पको रुपमा अधिकांशको रोजाइमा प्रशोधित खानेकुरा पर्छ । यस्ता खानेकुरामा ट्रान्स फ्याटको मात्रा धेरै हुन्छ । जसले हृदयघात, मस्तिष्कघात, मधुमेह, मोटोपना, उच्च रक्तचाप, मुटुरोग तथा क्यान्सर जस्ता रोगको सम्भावना बढाउँछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया