राति खुट्टा धोएर सुत्नुका यस्ता छन् फाइदा
एजेन्सी । राति खुट्टा धोएर सुत्ने बानी छ ? धेरैले यसका फाइदा थाहा पाएर धुन्छन् त कति यसबारे अन्जान भएर नै । खुट्टा धुनु हात र अनुहार धुनु जत्तिकै महत्त्वपूर्ण छ ।
खुट्टा नधोइकन ओछ्यानमा सुत्दा बेचैनी मात्र हुँदैन, राम्ररी निन्द्रा पनि आउँदैन । त्यसैले राती खुट्टा धोएर सुत्नु जरुरी छ । दिनभर गुम्सिएर रहेका ब्याक्टेरियाले गर्दा संक्रमणजन्य रोग लाग्ने गर्छ ।
विशेषगरी गर्मीमा धेरै समयसम्म जुत्ता लगाउनाले खुट्टामा धेरै दुर्गन्ध आउने र खुट्टा चिलाउने हुन्छ । यसबाट मुक्ति पाउन पनि राति खुट्टा धुन आवश्यक छ ।
यसबाहेक राति खुट्टा धुँदा छालाको मृत कोशिकाहरू हटने गर्छ र खुट्टा पनि नरम बनाउँछ । खुट्टा धोएर सुत्दा राति शान्तसँग सुत्नसमेत सकिन्छ भने यसले तपाईको मुड पनि ताजा राख्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया