हाकिमको नक्कली हस्ताक्षर गरेर पेस्की फछ्र्योट गर्न खोजेपछि…

काठमाडौं । रौतहटको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फछ्र्योट गर्न खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन् ।
हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फछ्र्योट गर्न खोज्ने सोही नगरपालिकाका पोषण स्वयंसेवक रामनारायण सहनीलाई जिल्ला प्रहरी कार्यालय, रौटहटले बिहीबार पक्राउ गरेको हो ।
सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेर कीर्ते काम गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार, उनले पोषणसम्बन्धी एउटा गोश्वारा भौचरमा नक्कली हस्ताक्षर गरी फछ्र्योट गरेको फेला परेको छ ।
पाँच लाख रूपैयाँको गोस्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फछ्र्योट गरेको फेला परेपछि कार्यालय प्रमुख भूपदेवले प्रहरीलाई उजुरी गरेका थिए ।
पक्राउ परेका सहनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय, गरुडामा राखिएको छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया