हज यात्रा–२०२३ सम्बन्धमा हज समितिले जारी गर्यो यस्तो सूचना

काठमाडाैं । हज यात्रा–२०२३ सम्बन्धमा हज समितिले एक सूचना जारी गरेको छ । सूचनाअनुसार सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीहरुको व्यवस्थापन हज समितिले गरेको थियो । साउदी सरकारले आफ्नो ठुलो बजेट हज तथा तथा उमरा मन्त्रालय मातहत रहेर खर्च गरेको कुरा सूचनामा उल्लेख छ ।
यस वर्ष पनि नेपाल हज समितिले नेपालबाट साउदी अरबस्थित मक्कामा (पवित्र तिर्थस्थल) हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीहरुको हज यात्राको समग्र व्यवस्थापन गर्ने जनाएको छ । समितिले नेपाल हज समिति कार्यविधि–२०७२ अनुसार गर्नेछ ।
सूचनामा भनिएको छ, ‘साउदी अरेयिबाको सरकारले हजको व्यवस्थापनमा धेरै नै खर्च गरेको खासगरी सरसफाई, सुरक्षा र खानपिन र पिउनेपानीको सुविधाका लागि सायदी सरकारले गरेको कामको संसारभर प्रसंशा हुने गरेको छ ।
सन् २०२२ हजमा नेपाली हाजीहरुको विदेशमा खाना, खाजा, बास तथा तिर्थ गराउने कार्यमा उत्कृष्ट व्यवस्थापन गरिएको थियो । हामीले यसपटक पनि थप सुव्यवस्थित बनाउने विश्वास लिएका छौँ । साथै गत वर्ष नेपालस्थित साउदी राजदुतावसाले राम्रो सहयोग गरेको हामीले महसुस गरेका छौँ । र यो वर्ष पनि सहयोग गर्ने हाम्रो अपेक्षा छ ।
तसर्थ संसारका मुश्लिमको आस्थाको केन्द्र मकका मदिनामा सुरक्षा चुस्त दृस्तका साथै हाजीहरुको सुविधामा कुनै कमी नआउने कुरा साउदीको हजा तथा उमरा मन्त्रालयले बताएको छ । त्यसैअनुरुप सन् २०२३ को हज यात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको भए पनि साउदी सरकारले काठमाडौँ स्थित साउदी दूतावासले यस विषम परिस्थितिमा नेपाल हज समितिको नयाँ नेतृत्वलाई जिम्मा दिएको छ । नयाँ जिम्मेवारी पाउनुभएका अध्यक्ष अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्व मार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ ।’
सन् २०२३ को हज यात्राको लागि १ हजार ९२ जना छनोटमा परिसकेका छन् । यही जेठ १६, १७, १८, २०, २१ र २२ गते उडान हुने हुँदै छ । गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
ताजा अपडेट
-
बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
प्रतिक्रिया