NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कब्जियतको समस्याले आजित हुनुहुन्छ भने यी उपाय अपनाउनुहोस्

एजेन्सी । अस्वस्थकर जीवनशैली कब्जियतको मुख्य कारण हो । दिभरको व्यस्तता र बाहिरको चिल्लो, मसलेदार खानाले पेटमा असर गर्छ । जसले गर्दा कब्जियतको समस्या हुन्छ ।

कब्जियतको समस्या लामो समय रहिरहँदा यसले पायल्सको जोखिम गराउँछ । त्यसैले कब्जियतको समस्याबाट बच्न हाम्रो दैनिकी परिवर्तन जरुरी छ ।

कब्जियतको समस्याले सताइसकेको छ भने पनि केही घरेलु ओखती गर्दा पनि यसबाट राहत पाउन सकिन्छ । यसको एउटा उपाय दूध र गाईको घ्यू हो ।

गाईको घ्यू र दूधको मिश्रणले पेट आरामसँग सफा गर्छ । जसले कब्जियतको समस्या हुँदैन् । यसबोहक गाईको घ्यू मनतातो पानीमा पनि मिसाएर खान सकिन्छ । यसले कब्जियतको समस्याबाट राहत दिनुका साथै तपाईंको शरीरलाई डिटोक्स पनि गर्छ ।

जसले एसिडिटी, वाकवाकी र वान्ता जस्ता समस्याहरूबाट समेत टाढा राख्छ । कब्जियतबाट बच्न हरियो तरकारी तथा फाइबरयुक्त खाना, फलफूलको सेवन गर्नुपर्छ ।