यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको भाउ (खरिददर) १३१ रूपैयाँ ८३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ४३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको भाउ खरिददर १४१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १४२ रूपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै युके पाउण्ड स्ट्रेलिङ एकको खरिददर १६२ रूपैयाँ ९७ पैसा र बिक्रीदर १६३ रूपैयाँ ७२ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर खरिददर ८६ रूपैयाँ ०७ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा कायम भएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९७ रुपैयाँ २० पैसा पुगेको छ ।
सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९८ रुपैयाँ छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ४४ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
साउदी अरेबियन रियल एकको खरिददर ३५ रूपैयाँ १५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३८ पैसा छ । कतार रियल एकको खरिददर ३६ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३१ पैसा छ । मलेसियन रिंगेट एकको खरिददर २८ रूपैयाँ ६५ पैसा र बिक्रीदर २८ रूपैयाँ ७८ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया