नयाँ राष्ट्रपतिका लागि टर्कीमा आज दोस्रो चरणको निर्वाचन,दोहोरिएलान् रेजेप ?
काठमाडौं । नयाँ राष्ट्रपतिका लागि टर्कीमा आज दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति रेजेप तय्यीप एर्दोआन र उनका प्रतिद्वन्द्वी केमल किलिकडर्लुमध्ये कसैले पनि आवश्यक मत हासिल गर्न नसकेपछि त्यहाँ पुनः दोस्रो चरणको निर्वाचन भएको हो ।
टर्कीमा राष्ट्रपति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।
टर्कीमा भएको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा एर्दोआनले ४९.५ प्रतिशत मत पाएका थिए भने केमलले ४४.५ प्रतिशत ल्याए ।
एर्दोआन २० वर्षदेखि टर्कीको सत्तामा छन्। टर्कीको इतिहासमा पहिलो पटक राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुन लागेको हो ।
एर्दोआनले चुनाव जिते भने टर्कीले नयाँ शताब्दी देख्ने वाचा गरेका छन् ।
एर्दोआनका समर्थक उनले देशलाई थप विकास र बलियो बनाउने विश्वास गर्छन्। तर आलोचकहरू भने एर्दोआनले जितेको खण्डमा केमाल अतातुर्कको विरासत अझै कमजोर हुने बताउँछन् । देशमा इस्लामीकरण बढेर देशको भविष्य थप अन्धकारतर्फ जाने अर्को चिन्ता पनि उनीहरूको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया