हृदयघात हुनुअघि देखिन्छन् यी ३ लक्षण
एजेन्सी । हृदयघातको समस्या जुनसुकै उमेर समूहका व्यक्तिमा देखिन सक्छ । अझ विशेषगरी कोरोनापछि हृदयघात र कार्डियल अटेक्ट जस्ता समस्याको जोखिम तीव्र बढेको छ । व्यक्तिको जीवनशैली र खानपान अस्वस्थ हुँदा यसले हृद्यघातको जोखिम पनि बढाएको विशेषज्ञ बताउँछन् ।
यी लक्षण देखिए हुनसक्छ हृदयघातको संकेत
छाति दुख्नु वा बेचैनी हुनु
हृदयघातको सबैभन्दा सामान्य लक्षण छाती दुख्नु वा बेचैनी महसुस हुनु हो । हृदयघात हुनुअघि छातीको बीचमा वा देब्रे भागमा दुख्ने गर्छ । यो समस्या लगातार अथवा समय समयमा देखिन सक्छ । त्यस्तै, हिँड्दा असहज महसुस हुने तथा दुखाई बढ्ने समेत हुन सक्छ । यस्तो समस्या भएमा चिकित्सको परामर्शमा जानु पर्छ ।
शरीरको माथिल्लो भाग दुख्ने
हृदयघातका हुनुअघी छातीको अलावा शरीरको माथिल्लो भागमा दुखाइ फैलिन सक्छ। केही व्यक्तिहरुले यस्तो अवस्थामा हात, घाँटी, बङ्गारामा दुखाइको अनुभव पनि गर्न सक्छन् । व्यायाम गर्दा वा हिँड्दा दुखाई बढ्ने र आराम गर्दा भने दुख्न कम हुने अवस्थामा हृद्यघातको आशंका गर्नुपर्छ । देब्रे हातको दुखाइ, छातीसँगै बङ्गारासम्म पुग्नुलाई हृदयघातको स्पष्ट संकेत मानिन्छ।
सास फेर्न गाह्रो हुनु
सास फेर्न गाह्रो हुनु पनि हृदयघातको संकेत हुन सक्छ। यस्तो अवस्थामा हिँड्दा वा सुत्दा सास फेर्न गाह्रो हुन्छ । यदि सास फेर्न ग्राहो हुनुका साथै छाती पनि दुखिरहेको छ भने हृद्यघात हुन सक्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया