गुणस्तर तथा नापतौल कार्यालयका तत्कालिन अधिकृतविरूद्ध ४ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोय अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालयका तत्कालिन अधिकृतविरूद्ध ४ करोड रूपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पर्साका तत्कालिन अधिकृत शशिभूषण कुमार यादवविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
सार्वजनिक पदमा रहँदा यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगले जनाएको छ । यादवविरूद्ध उक्त कसुरमा ४ करोड ४७ लाख ३४ हजार दुई सय १२ रूपैयाँ बिगोसहित कैदसजाय मागदाबी गरिएको छ ।
उनले स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमति रिता रानी, छोराद्वय विकास र अविनासको नाममा घर, जग्गा खरिद गरेको पाइएको छ । साथै उनीहरूको नाममा बैंक मौज्दात भेटिएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया