परीक्षाको तयारी कसरी गर्ने ?
एजेन्सी । परीक्षा भन्ने बित्तिकै व्यक्ति तनाव र चिन्तामा देखिन्छन् । हरेककाे चाहना हुन्छ राम्रो अंक ल्याएर परीक्षा पास गर्ने तर उचित तयारी नहुँदा यसबाट अधिकांशकाे परीक्षा बिग्रने गर्छ ।
जसले मनोबलसमेत घटने हुन्छ । र उनीहरुमा पढाइको जागर चल्दैन् । धेरै पटक वरपरको वातावरण अनुकुल नहुँदा पनि पढाइमा मन नलाग्ने हुन्छ र परीक्षा विग्रन्छ ।
कसरी गर्ने व्यवस्थापन ?
ध्यान विकेन्द्रीकृत हुने साम्रगी वरपर नराख्नुहोस्
कुनै अवस्थामा विद्यार्थीलाई वरपरको सामानले पनि ध्यान विकेन्द्रीकृत गरिरहेको हुन्छ । जसले उनीहरु पढन बसे पनि पूर्ण रुपमा पढाईमा फोकस हुन पाउँदैनन् ।
त्यसैले पढन बस्दा त्यस्ता चीजहरू आफूबाट टाढा राख्नुहोस् जसले तपाईंको पढाइको ध्यानमा बाधा पु-याउँछ। जस्तै मोबाइल र टिभि ।
अनुशासित भएर अध्ययन गर्नुहोस्
कुनै पनि परीक्षाको तयारी गर्दा अनुशासित अध्ययन गर्नु अति आवश्यक छ। अनुशासित र ध्यान दिएर पढ्दा यसले ध्यान यताउता जना पाउँदैन् र पढाइमा मन पनि लाग्छ । यदि अनुशासितसँग बस्न ग्राहो भएको छ भने पढ्नु अघि १०देखि १५ मिनेठ ध्यान गरेर पढ्न बस्नुहोस् । ध्यानले तपाईको मस्ष्कि एकै ठाउँमा केन्द्रीत गर्छ ।
शरीरलाई आराम दिनुहोस्
परीक्षाको समय धेरै जनाको बानी एकोहोराे पढी रहने हुन्छ । परीक्षाको चिन्ताले अध्ययन गर्दा अधिकांशले शरीरमा आराम चाहेकोसमेत पत्तो पाउँदैनन् । जसले उनीहरुले पढेको कुरा दिमागमा बस्दैन् ।
त्यसैले पढ्दा केही समय आफ्नो शरीरलाई पनि आराम दिनुपर्छ । ३० मिनेट अध्ययन गर्दा ५ मिनेट ब्रेक लिदापनि हुन्छ । यसले शरीर र मस्ष्कि दुवैलाई आराम दिन्छ भने तपाइले पढेको कुरा पनि सहजै बुझन सकिन्छ । धेरै भार हुँदा यसले परीक्षा थप बिग्रने जोखिम पनि रहन्छ ।
पढ्ने ठाउँ उपयुक्त खोज्नुहोस्
अध्ययन गर्ने वातावरण तथा ठाउँ राम्रो र उपयुक्त हुँदा पढाइमा थप मन जान्छ । शान्त र होहल्ला नभएको वातावरण अध्ययनका लागि उचित हुनुका साथै यसले तपाईलाई थप उर्जा दिन्छ । त्यसैले अध्ययन पूर्व उचित वातावरणको चयन गर्नुहोस् र पढ्नुहोस् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया