धेरै चिन्ता लिँदा हुनसक्ने सम्भावित समस्याबारे जान्नुहोस्
एजेन्सी । नकारात्मक अवस्थामा चिन्तित हुनु स्वभाविक हो । यो चिन्ता समयसँगै स्वतः निको पनि हुन्छ ।
यद्यपि, धेरै चिन्ता लिँदा भने यसले थप समस्या ल्याउँछ । अधिक चिन्ताले व्यक्तिलाई मानसिक रुपमा विक्षिप्त बनाउँछ र डिप्रेसन जस्ता गम्भीर समस्याको जोखिम पनि बढाउँछ।
अधिक चिन्ताले स्नायु प्रणाली, मधुमेहदेखि रक्तचाप र हृदयाघातको जोखिमसमेत गराउँछ । जब तपाई कुनै कुराको बारेमा चिन्तित हुनुहुन्छ, शरीरबाट ‘कोर्टिसोल’ नामक तनाव हर्मोन रिलीज हुन्छ। यसले तपाईंको रक्त सञ्चारको स्तर बढाउन सक्छ।
चिन्ताले व्यक्तिको रक्तचापमा पनि प्रभाव पार्छ । जसले हृदयघात वा स्ट्रोक हुने सम्भावना पनि रहन्छ । अधिक चिन्ताले मुटुको धड्कनमा समस्या देखिन्छ । त्यसैले तनावलाई नियन्त्रणमा राख्न निकै जरुरी छ । चिन्ता र तनाव मानसिक रूपमा मात्रै नभएर सम्पूर्ण शरीरको लागि घातक छ ।
कसरी गर्ने तनाव व्यवस्थापन ?
तनाव नियन्त्रण गर्न कम कार्बोहाइड्रेटयुक्त खानामा जोड दिनुपर्छ । यसले मस्तिष्क शान्त राख्छ । त्यस्तै, पानी पिउने, शारीरीक व्यायाम, ध्यान तथा योगले पनि चिन्ता वा तनाव नियन्त्रण गर्न सकिन्छ । व्यायाम तथा योगले शरीर उर्जाशिल राख्छ र मुड पनि ताजा बनाउँछ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया