नबिल बैंकको ३८ शाखा एकै पटक सञ्चालनमा

काठमाडौं । नबिल बैंक लिमिटेडले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आज (बिहीबार) काठमाडौंको एक होटलमा एक कार्यक्रमकाबीच उक्त शाखाहरुको एकैसाथ उद्घाटन गरेको हो ।
‘नबिल बैंक अब तपाईसंग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैकिङ सेवा प्रदान गर्न सात वटै प्रदेशमा एकै साथ ३८ वटा शाखा सञ्चालन गरेको बैंकले जनाएको छ । पिछडिएका स्थानमा समेत नबिलको हरेक बैंकिङ सेवा पुर्याउने उद्धेश्यले उक्त ३८ शाखा सञ्चालनमा लयाएको बैंकले जनाएको छ ।
३८ शाखामध्ये बैंकले सबैभन्दा बढी बागमती प्रदेशमा १३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । त्यस्तै कोशी प्रदेशमा एक, मधेस प्रदेशमा ८, गण्डकीमा ३, लुम्बनीमा १०, कर्णालीमा १ र सुदुरपश्चिममा २ शाखा सञ्चालनमा लयाएको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यलले आठ वटा र बैंक निर्वाण चौधरीले आठ वटा शाखा उद्घाटन गरेका हुन् । त्यस्तै बैंक सञ्चालक आशा राणा अधिकारीले आठ र बैंक सञ्चालक अनन्त पौडेल र प्रविन टिवडेवालाले ७/७ वटा शाखा उद्घाटन गरेका हुन् ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया