नबिल बैंकको ३८ शाखा एकै पटक सञ्चालनमा
काठमाडौं । नबिल बैंक लिमिटेडले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आज (बिहीबार) काठमाडौंको एक होटलमा एक कार्यक्रमकाबीच उक्त शाखाहरुको एकैसाथ उद्घाटन गरेको हो ।
‘नबिल बैंक अब तपाईसंग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैकिङ सेवा प्रदान गर्न सात वटै प्रदेशमा एकै साथ ३८ वटा शाखा सञ्चालन गरेको बैंकले जनाएको छ । पिछडिएका स्थानमा समेत नबिलको हरेक बैंकिङ सेवा पुर्याउने उद्धेश्यले उक्त ३८ शाखा सञ्चालनमा लयाएको बैंकले जनाएको छ ।
३८ शाखामध्ये बैंकले सबैभन्दा बढी बागमती प्रदेशमा १३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । त्यस्तै कोशी प्रदेशमा एक, मधेस प्रदेशमा ८, गण्डकीमा ३, लुम्बनीमा १०, कर्णालीमा १ र सुदुरपश्चिममा २ शाखा सञ्चालनमा लयाएको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यलले आठ वटा र बैंक निर्वाण चौधरीले आठ वटा शाखा उद्घाटन गरेका हुन् । त्यस्तै बैंक सञ्चालक आशा राणा अधिकारीले आठ र बैंक सञ्चालक अनन्त पौडेल र प्रविन टिवडेवालाले ७/७ वटा शाखा उद्घाटन गरेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया