स्वास्थ्यका लागि कपूरका लाभदायिक फाइदा
एजेन्सी । पूजा होस् वा अन्य कुनै शुभ कार्य, हवनमा कपूरको चक्की हालेर वा कपुरको दियो बालेर आरती गरिन्छ । केबल आरती र पूजामा मात्र नभई यसको प्रयोग अन्य स्वास्थ्यबर्धक कुरामा पनि गर्न सकिन्छ । विज्ञहरूका अनुसार कपूरको प्रयोगले केही स्वास्थ्य समस्याबाट राहत मिल्छ ।
आयुर्वेदमा केही स्वास्थ्य समस्याबाट छुटकारा पाउनको लागि निश्चित मात्रामा कपूरको सेवन गर्न सकिने बताइएको छ । कपुरले रुघाखोकी र फ्लूबाट जोगाउँछ । कपूरमा दुखाइ कम गर्ने गुण पनि हुन्छ, त्यसैले चोटपटक वा कुनै पनि प्रकारको शारीरिक पीडाबाट मुक्ति पाउन कपूरको प्रयोग गर्न सकिन्छ ।
कपूर लगाउनाले दुखाईबाट आराम मिल्छ । कपूरले एक्जिमा वा एलर्जीको कारण छालामा हुने जलन र चिलाउने समस्याबाट पनि राहत दिन्छ। प्रदूषण, फोहोर र बदलिँदो मौसमले टाउकोको छालामा धेरै प्रकारका संक्रमण हुन सक्छ । यस्तोमा कपूर प्रभावकारी हुन्छ । तेलमा कपुर राखेर टाउकोमा लगाउनाले यी सबै समस्याबाट बच्न सकिन्छ ।
यसमा हुने एन्टिअक्सिडेन्टले श्वासप्रश्वासमा जम्मा भएको फोहोरलाई समेत सफा गर्छ । साथै कपूरले फोक्सो सुन्निने समस्यालाई पनि कम गर्छ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया