सहिद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो । त्यस जितसँगै पुलिसले २३ खेलमा ३४ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको चौथो स्थानमा रहेको छ । समान खेल खेलेको एनआरटी २३ खेलमा २९ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।
ताजा अपडेट
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
प्रतिक्रिया