आगलागीको उच्च जोखिममा रहेका वडामा सुरक्षा जालो अभियान
जानकाी । आगलागी, भूकम्पजस्ता घटनाको सबैभन्दा बढी जोखिममा रहेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा सामुदायिक सुरक्षा जालो अभियान सञ्चालन गरिएको छ ।
फातिमा फाउण्डेसन नेपालले बिहीबार सम्बन्ध एवं समन्वय विस्तारका लागि उक्त वडामा सामुदायिक सुरक्षा जालो अभियान सञ्चालन गरेको जनाएको छ । संस्थाका अध्यक्ष मैमुना सिद्दिकीका अनुसार सो कार्यक्रम गत अप्रिल १ देखि ३० महिनाका लागि लागू भएको हो ।
“आगलागी, भकम्पजस्ता घटनामा भएमा सबैभन्दा बढी जोखिममा रहेको वडामा कार्यक्रम सञ्चालन गरिएको हो”, अध्यक्ष सिद्दिकीले भने, “यसले जोखिमविरुद्ध लड्न समुदाय तयार हुने विश्वास लिएको छु ।” सामुदायिक सुरक्षा जालो अभियानका विषयमा मनोविमर्शकर्ता सुमान धिमालका अनुसार विपद्का बेला सबैभन्दा बढी प्रभावित महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक रहेको जनाउँदै उनीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताए ।
तीस महिनाको उक्त परियोजनाको उदेश्य समुदायमा सहयोगको भावना जगाउने मनोविमर्शकर्ता धिमालले बताए । “सामाजिक सुरक्षा जालो तयार गर्न वडामा समूह गठन गर्ने, अभिमुखीकरण गर्ने, विभिन्न खालका सहयोग गर्ने कार्यक्रम रहेको छ”, उनले भने, “समुदायमा गरिने यस्ता सानासाना कार्यक्रमले एकापसमा सद्भावको सम्बन्धलाई समेत कायम राख्नमा मद्दत पुग्नेछ ।”
उनले विपद्ले पारेको असर समुदायमै समाधान गर्ने, समाधान गर्न नसके समाधानका लागि सरोकारवाला निकायमा पहल, पैरवी गर्ने, समन्वय तथा सिफारिस गरिने बताए । मनोविमर्शकर्ता धिमालले आवश्यक भएसम्म मनोविमर्श गर्ने, तत्काल उद्धार, शिक्षामा सहयोगलगायत कार्यक्रमको लक्ष्य रहेको बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया