गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द

सर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । ग
र्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए ।
उनका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिएका हुन् ।
गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्र्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनको भनाइ छ । हाल सञ्चालित परीक्षाहरु भने यथावत रहनेछन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया