बिहीबारदेखि स्विडेनमा ‘सेक्स च्याम्पियनसिप’

एजेन्सी । आउँदो बिहीबार जुन ८ देखि यूरोपियन मुलुक स्विडेनमा ‘यूरोपियन सेक्स च्याम्पियनसिप’ आयोजना हुने भएको छ । स्विडेनले यौनलाई औपचारिक खेलको रूपमा आधिकारिकता दिएपछि यो प्रतियोगिता सुरु हुने भएको छ ।
स्विडिस सेक्स फेडरेसनले युरोपेली मुलुकमा यसको नवीन सुरुवात गरेको हो । आयोजक टोलीले यो खेल अन्य यूरोपियन मुलुकहरूले पनि अनुशरण गर्ने विश्वास लिएको छ ।
यो खेल ६ हप्तासम्म निरन्तर चल्नेछ । सहभागी हुने प्रतिस्पर्धीहरूले दैनिक ४५ मिनेटदेखि एक घण्टासम्म यौन क्रियाकलापमा सहभागी हुनुपर्नेछ ।
दैनिक ६ घण्टासम्म चल्ने यो खेलमा भाग लिनेहरू यौनसत्रमा सहभागी हुनुपर्नेछ ।
विजेता छान्नका लागि निर्णयकको प्यानल र दर्शकको भोट जिम्मेवार हुने छ । निर्णयक प्यानलले प्रतिस्पर्धीबीचको केमेस्ट्रि, सेक्सबारे उनीहरूमा भएको ज्ञान,सिडक्सन, बढी मसाज, सहन सक्ने क्षमता आदिका आधारमा विजेता घोषणा गर्नेछन् ।
उनीहरूमा यौनसत्रमा कत्तिको रचनात्मक प्रस्तुती दिन्छन् र कामासुत्रबारे कत्तिको ज्ञान छ भन्ने कुरा पनि प्रतिस्पर्धा जित्नका लागि निर्णायक हुने जनाइएको छ ।
प्रतिस्पर्धालाई तीन चरणमा विभाजित गरिएको छ । हरेक चरणमा प्रतिस्पर्धीहरूको अनुशासनका आधारमा निर्णायक मण्डल र दर्शकले ५ देखि १० नम्बर दिनेछन् ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया