आर्थिक वर्ष २०८०/८१ बजेट, व्ययतर्फ १ करोड गायब !
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको बजेटमा व्ययतर्फ १ करोड रूपैयाँ नै गायब भएको छ । जेठ १५ अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटमा व्ययतर्फ एक करोड रकम अपुग देखिएको छ ।
कुल विनियोजन रकममध्ये आयतर्फ राजश्वमा १२ खर्ब ४८ अर्ब ६२ करोड उठ्ने अनुमान गरिएको छ । त्यस्तै अनुदानतर्फ ४९ अर्ब ९४ करोड र ऋणतर्फ ४ खर्ब ५२ अर्ब ७५ करोड रहेको छ ।
त्यस्तै ११ खर्ब ४१ अर्ब ७८ करोड रूपैयाँ चालुतर्फ, ३ खर्ब २ अर्ब ७ करोड पुँजीगतर्फ र ३ खर्ब ७ अर्ब ४५ करोड वित्तिय व्यवस्थातर्फ छुट्याएको छ ।
तीनै क्षेत्रमा छुट्याएको बजेट जोड्दा १७ खर्ब ५१ अर्ब ३० करोड रूपैयाँको मात्रै हिसाब देखिन्छ । यसबाट अर्थमन्त्रालले प्रस्तुत गरेको बजेटमा १ करोड रूपैयाँको गढबढ स्पष्टसँग देखिएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया