कसिलो औँठी लगाउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
एजेन्सी । महिला होस् वा पुरुष दुवैले औंठीको प्रयोग गर्छन् । अझ पुरुषको तुलनामा महिला फेसेनेबल औंठी लगाउन अग्रसर हुन्छन् ।
औंठी खुकुलो हुँदा औंलामा नअडिने वा झर्ने डरले प्राय अधिकांश व्यक्ति कसिलो औंठी लगाउँछन् । जसले गर्दा कहिलेकाही औंलामा औंठी अड्किनेसमेत हुन्छ । त्यसलाई निकाल्न सकस पर्नुका साथै यसले औंलामा दुखाई सिर्जना गर्नुसँगै अन्य समस्यासमेत निम्ताउँछ ।
कसिलो औंठीले नसाहरु जाम हुन्छन् । जसले सम्पूर्ण शरीरलाई नै हानि गर्छ । यसले संक्रमण पनि गराउँछ । याे संक्रमण हड्डीमा फैलन सक्छ । अत्यधिक कसिलो औंठीले निम्त्याउने समस्यालाई नजरअन्दाज गर्दा यसले औंला काट्नु पर्ने स्थितीकाेसमेत सामना गर्नुपर्ने हुन् सक्छ । त्यसैले औंठी लगाउँदा विशेष ध्यान दिनुपर्छ ।
जर्नल अफ ह्यान्ड सर्जरीमा प्रकाशित एक रिपोर्टका अनुसार कसिलाे औँठी लगाउनाले ‘एम्बेडेड रिङ सिन्ड्रोम’ काे जाेखिम गराउँछ । यसमा हातको औंलामा इन्फेक्सन हुन्छ । जुन बिस्तारै हड्डी र शरीरका अन्य भागहरूमा पनि फैलिन थाल्छ। यो एक दुर्लभ अवस्था हो। तर लगातार कसिलाे औंठी लगाउनाले यस्ता घटनाको जोखिम भने उच्चसँग बढ्छ।
यदि लामो समयसम्म कसिलो औंठी औंलामा अड्किएमा, यसले तन्तुहरूलाई क्षति पु-याउँछ। जसले थप क्रोनिक कन्स्ट्रक्शन निम्त्याउँछ ।यस्तो अवस्थामा औंला चिलाउने, जलन हुने, औंला र छालाहरूमा दाग देखा पर्ने गर्छन् ।
त्यसैले औंठी लगाउँदा कसिलो नभई हल्का खुकुलो लगाउनु पर्छ । यसले यस्ता जोखिमलाई कम गर्छ । सधै औंठी लगाउने बानी छ भने समय समयमा यसलाई निकालिरहनु पर्छ । यसले औंलामा औंठी अड्किन पाउँदैन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया