NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सेयर बजारमा टिकेट हरियाली, कारोबार रकममा सुधार

काठमाडाैं । हिजो आइतबार उच्च अंकले उकालो लागेको सेयरबजार सोमबार घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा कायम भएको छ ।

आज २७७ कम्पनीको ३६ हजार ५६८ स्टकको ५६ लाख २० हजार ३८१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कूल १३ उपसमूहमा नै घटेका छन् । सबैभन्दा धेरै उत्पादन २.४६ प्रतिशतले घटेको छ ।

अन्य उपसमूहरूमा बैंकिङ ०.७५, विकास बैंक १.४५, वित्त १.१०, जलविद्युत ०.४८, लगानी ०.८१, जीवन बीमा १.२७, माइक्रोफाइनान्स ०.५३, म्युचल फण्ड ०.२३, नीर्जीवन ०.६१, अन्य १.५१ र व्यापार १.६७ प्रतिशतले घटेको छ ।

आज रिभर फल्स पावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ । शिभम् सिमेन्टका लगानीकर्ताले सर्वाधिक ४.५० प्रतिशतका दरले गुमाएका छन् ।

कारोबारका आधारमा शिभम् सिमेन्टको सर्वाधिक १९ करोड ८९ लाख ५६ हजार ३६३ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा आइजिआइ प्रुडेन्सियल ९ करोड ९८ लाख ४५ हजार रूपैयाँको कारोबार भएको छ ।

त्यस्तै चिलिमे हाइड्रोपावर कम्पनी ९ करोड १९ लाख ४२ हजार, सानिमा माइ हाइड्रोपावर ७ करोड ४७ लाख ६७ हजार र सोल्टी होटल लिमिटेडको ७ करोड ३० लाख ९५ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।