आगामी साता दुई चलचित्र प्रदर्शनमा आउने

काठमाडौं । आगामी साता दुई नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने तय भएको छ ।
हाल नेपाली चलचित्र ‘जारी’ र ‘डाकिनी’ प्रदर्शन भइरहेका छन् । ‘डाकिनी’ सीमित चलचित्र भवनमा प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ ।
बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहेकाे सो चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेञ्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको यसमा अभिनय रहेको छ ।
यस्तै, चलचित्र ‘जारी’ ले प्रदर्शनको ५१ दिन पार गरेको छ । यस वर्षको यो पहिलो व्यावसायिक र सफल चलचित्र बनेको छ । कवि उपेन्द्र सुब्बा पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशक बनेका छन् ।
लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको सो चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पति–पत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोह–अवरोहलाई प्रस्तुत गरिएको छ । चलचित्र नाम्साङ (दयाहाङ राई) र हाङ्मा (मिरुना मगर) मा केन्द्रीत छ ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया