NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दातृ निकाय ढाँट्दै एनजिओः डलर भित्र्याउन फर्जी कर्मचारी, कागजमा ५०, भुक्तानी १५ हजार !

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ मा दर्ता भई कागेश्वरी मनोहरा–८ मा सञ्चालित होसन्ना सेवाकाई नेपालको आर्थिक पारदर्शीतामा प्रश्न उठेको छ ।

अल्पसंख्यक, सिमान्तकृत समुदायका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन समाज कल्याण परिषद्बाट सहमति लिएर सञ्चालनमा आएको उक्त संस्थाको आर्थिक पारदर्शीतामा प्रश्न उठेको हो ।

होसन्नाले विभिन्न विदेशी दाताबाट मासिक ५० लाख रुपैयाँ हाराहारीमा सहयोग भित्र्याएर संस्थाको मुख्य उदेश्य शैक्षिक छात्राबृत्ति तथा विपन्न समुदायलाई ज्ञान प्रवद्र्धनमा होईन, क्रिश्चियन धर्म प्रचारमा खर्च गरिरहेको छ ।

यो संस्थाले समाज कल्याण परिषद्बाट शैक्षिक छात्राबृत्ति तथा विपन्न समुदायलाई ज्ञान प्रवद्र्धन गर्ने गरी सहमति लिएको छ । तर व्यवहारमा भने होसन्नाले सामाजिक सद्धभाव र देशको संविधान विपरित हुने गरि गतिविधि गरिरहेको छ ।

संस्थाले गलत विवरण दिएर दातृ निकायसँग वर्षिक ठूलो अंकमा बजेट भित्र्याउने र त्यसलाई देशको हित विपरित खर्च गर्ने गरेको पाइएको छ। यसबारे प्रश्न गर्दा समाज कल्याण परिषद्ले उक्त संस्थामाथि अनुसन्धान गर्ने जनाएको छ । परिषद्ले कुनै पनि संस्थालाई धर्म प्रचारको अनुमति नभएको भन्दै विस्तृत छानविन गरि कारबाही गर्ने जनाएको छ ।

उक्त संस्थाले आफ्नो अमेरिकी दातृ निकाय भेन्चर एक्स्पेन्डेसन आईएनसीलाई प्रस्तुत गरेको प्रस्ताव र संस्थाको कागजात अध्ययन गरेर स्पष्ट हुन सकिने परिषद्ले जनाएको छ ।

देशको हित र संविधानको भावना विपरित गतिविधिमा संलग्न रहेको होसन्नाले दातृ निकायसँग सहयोग माग गर्दा कर्मचारी, तलब, प्रशासनिक खर्चमा देखाएको रकममा समेत भ्रष्टाचार गरेको छ ।

दातृ निकायलाई कर्मचारी संस्था र उनीहरुको तलब शिर्षकमा ठूलो अंक प्रस्तुत गर्ने र व्यवहारमा न्युन संख्याका कर्मचारीलाई न्युन तलब सुविधा दिने गरेको पाइएको हो ।

होसन्ना सेवाकाई नेपालको एक पुराना कर्मचारीका अनुसार चर्चमा ५ जनामात्रै कर्मचारी थिए । उनीहरुको मासिक तलब १० देखि १५ हजारसम्म मात्रै हुन्थ्यो । धेरै संख्यामा कर्मचारी र उनीहरुको तलब स्केल प्रस्तुत गरेर उनीहरुको नाममा दातृ निकायबाटप्राप्त हुने सहयोग संस्थाका अध्यक्ष राजु सुन्दासले हिनामिना गर्ने गरेको पाइएको हो ।

स्रोतकाअनुसार, संस्था संचालनका लागि सहयोग गर्दै आएको अमेरिकी दातृ निकाय भेन्चर एक्स्पेन्डेसन् आईएनसीले होसन्ना सेवाकाई नेपाल संचालनका लागि मासिक १० जना स्थायी कर्मचारी रहने र उनीहरुका लागि मासिक जनही ५०० डलर पठाउने गरेका छन् । जबकि, यो संस्थामा दश तलबी कर्मचारी र दश स्वर्यसेवक छन् । संस्थाले दाबी गरेजस्तो संस्थामा कर्मचारी नै छैनन् । केही संख्यामा कार्यरत कर्मचारीलाई पनि सुन्दासले अति न्यून मासिक १०–१५ हजार मात्र तलब दिने गरेको पीडित कर्मचारी बताउँछन् ।

दाताबाट कुस्ता रकम भित्रिँदा भित्रिँदै पनि कर्मचारीलाई न्यूनतम तलब सुविधा नदिने सुन्दासले भने मासिक करिब १५ लाख रूपैयाँ तलब लिदै  अाएका छन् ।  स्रोतका अनुसार मासिक १५ लाख तलब शीर्षककाे रकम लिन सुन्दासले नक्कली कर्मचारी बनाएका छन् ।  यसरी तयार गरिएको नाममध्ये अधिकांश आफन्त रहेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए ।

अध्यक्ष सुन्दासलाई यस विषयमा प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा उनी संवादमा आउन चाहेनन् ।