NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपाल-इटली चेन्बर डे मनाइयो

काठमाडाैं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ ।

नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले स्थापित नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले जुन ५ लाई द्विपक्षीय व्यापार बैठक तथ एनआइसीसीआई दिवसका रुपमा घोषणा गरेको छ । आज मनाइएको एनआईसीसीआई डेको अवसरमा पहिलो संस्करणको न्यूज लेटर अनावरण तथा द्विपक्षीय व्यापार बैठक पनि सम्पन्न भएको छ । दुई देशबीचको पर्यटन, उद्योग, आयात, निर्यातलगायत व्यावसायिक सम्बन्ध बढाउन यो बैठकले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ ।

उक्त कार्यक्रममा नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दीगो साझेदारीका लागि सहकार्यमा जोड दिए । दुई देशबीच पर्यटन, आयात–निर्यात, उद्योगलगायत क्षेत्रलाई कसरी व्यवस्थित ढङ्गले अगाडि बढाउने भन्नेमा यस्ता संस्थाको भूमिका सहयोगी हुने उनको भनाइ छ ।

‘नेपालको कफी, हस्तकलाका सामग्रीलगायत वस्तु इटालीको बजारमा पुर्याउने र इटालीमा आप्रवासी नेपाली समाजमार्फत यहाँको वस्तुको प्रवर्द्धनका लागि यसले सहयोग गर्नेमा हामी आशावादी छौँ ।’ कार्यक्रममा उनले भने ।

एनआइसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले यो दिवसले चेम्बरको स्थापनादेखि हालसम्म गरेको यात्राबारे चिन्तन गर्ने अवसर प्रदान गरेको बताए । ‘द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने हाम्रो अपेक्षा छ ।’ अग्रवालले भने ।

कार्यक्रममा इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेले दुई देशबीचको सहकार्यका लागि एनआईसीसीआईको भूमिका महत्वपूर्ण रहेको बताए । नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री नेपालमा स्थापित कम्पनी तथा उद्यमीहरूको साझा संस्था हो । सन् २०१४ मा स्थापना भएको यो संस्थाले इटाली र नेपालबीच व्यापारिक सम्बन्धको प्रवर्द्धन र विकास गर्ने उद्देश्य राखेको छ ।