NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मुर्रा राँगा आयात गर्ने विषयमा हल्का टिप्पणी नगर्न भेटेरिनरी एशोसिएसनको आग्रह

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले भारतबाट आयात हुन लागेको भनिएको मुर्रा राँगाको विषयलाई हल्का रूपमा टिक्काटिप्णी नगर्न आग्रह गरेको छ । एशोसिएसनले एक विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणका क्रममा नेपाललाई भारत सरकारबाट उच्च प्रजनन मानका शुद्ध नश्लका मुर्रा राँगा उपलब्ध गराउने विषयमा विभिन्न अनलाइन पत्रपत्रिका, छापामाध्यमहरूमा समचार प्रकाशित भएको थियो । त्यही विषमा सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले भारतबाट राँगा आयात हुने विषयमा टिक्काटिप्पणी गरेपछि यसको चाैतर्फी चर्चापरिचर्चा भइरहेको छ ।

एशोसिएशनले दुधमा आत्मनिर्भर उन्मुख भइसकेको नेपालमा उच्च प्रजनन मानका राँगा, साँढेहरुको आयात गरी पशु प्रजनन् कार्यालयहरुबाट सिमेन संकलन एवम वितरण गरी आम किसानहरुले पालेका पशुहरुको नश्ल सुधार गरी दुधको उत्पादन तथा उत्पादकत्व बढाउन उक्त मुर्रा राँगाको आयात आवश्यक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले विगत धेरै वर्ष अघिबाटै गरेको पहल र जि टु जी प्रकृयाबाट पछिल्लो समय राँगा, साँढे आयातबाट वार्षिक करिब ८ लाख डोज सिमेन उत्पादन र वार्षिक ७ लाख ४० हजार सफल कृत्रिम गर्भाधारन भइरहेकोले यसमा एशोसिएसनको समर्थन रहेकोसमेत विज्ञप्तिमार्फन जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष