सेयर बजारमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । मंगलबार नेप्से कारोबार बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ विन्दुमा कायम भएको छ ।
आज २६९ कम्पनीको ३६ हजार ११८ स्टकको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १३ उपसमूहमा नै हरियाली छाएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन ५.६७ प्रतिशतले बढेको छ ।
अन्य उपसमूहरूमा बैंकिङ ०.१५, विकास बैंक ०.८०, वित्त १.१८, जलविद्युत ३.१५, लगानी १, जीवन बीमा १.६३, माइक्रोफाइनान्स ०.९३, म्युचल फण्ड १.३०, नीर्जीवन ४.६४, अन्य ०.१९ र व्यापार १.३७ प्रतिशतले बढेको छ ।
आज न्यादी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । सेन्चुरी डिभेञ्चरका लगानीकर्ताले सर्वाधिक ३.०४ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबारका आधारमा सोल्टी होटलको सर्वाधिक ९ करोड ६८ लाख ७२ हजार ४३३ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा शिभम सिमेन्टको ९ करोड १७ लाख ९६ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै अप्पर तामाकोशी हाइड्रोपावरको ८ करोड ५६ लाख ७६ हजार, नेपाल टेलिकम ७ करोड २९ लाख ७० हजार र आइजिआइ प्रुडेन्सियलको ६ करोड ४४ लाख १३ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया